NIMB Header 2
Nepal Life

एनएमबि बैंकको नाफामा ५.८८ प्रतिशत वृद्धि, खराव अर्थतन्त्रको प्रभाव एनपीएलमा

National Life
  • BFIS News
  • 2025 Apr 20 09:07
एनएमबि बैंकको नाफामा ५.८८ प्रतिशत वृद्धि, खराव अर्थतन्त्रको प्रभाव एनपीएलमा
Sanima Reliance

काठमाडौं  एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

Shikhar
NIMB

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८८ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो।

नाफा वृद्धिको प्रमुख कारण बैंकको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा देखिएको सुधार हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.१६ प्रतिशतले वृद्धि भई उल्लेख्य सुधार देखिएको छ, जबकि सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेको छ।

यस त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। तर, वित्तीय सूचकहरूमा सबै सकारात्मक पक्ष मात्र देखिएको छैन। बैंकको खराब कर्जा अनुपात (NPL) २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ, जुन सावधानीपूर्ण निगरानी आवश्यक भएको संकेत हो।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ।

नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी (EPS) पनि सामान्यरूपमा बढेको छ। समीक्षाअवधिमा EPS ९६ पैसाले बढेर १७ रुपैयाँ २३ पैसा पुगेको छ। यस्तै, बैंकको प्रति शेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया