NIMB Header 2
Nepal Life

नेपाल एसबीआई बैंकको नाफामा सुधार, तर एनपीएल ४ प्रतिशतभन्दा माथि

National Life
  • BFIS News
  • 2025 Apr 20 09:12
नेपाल एसबीआई बैंकको नाफामा सुधार, तर एनपीएल ४ प्रतिशतभन्दा माथि
Sanima Reliance

काठमाडौं  नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Shikhar
NIMB

यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको थियो।

नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्जको कमीले मुख्य भूमिका खेलेको देखिन्छ। अघिल्लो वर्ष ८० करोड रुपैयाँ रहेको चार्ज घटेर यस वर्ष ७२ करोड ५८ लाख रुपैयाँमा झरेको छ।

तर, बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ। अघिल्लो वर्ष ३ अर्ब ५७ करोड रुपैयाँ रहेको आम्दानी घटेर यो वर्ष ३ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ सञ्चित छ। समीक्षाअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ, जसको आधारमा बैंकले करिब ११.१० प्रतिशत लाभांश वितरण गर्न सक्ने अनुमान गरिएको छ।

प्रति शेयर आम्दानी (EPS) १४ रुपैयाँ ७२ पैसा कायम भएको छ भने प्रति शेयर नेटवर्थ १८३ रुपैयाँ ८ पैसा रहेको छ।

यद्यपि बैंकको गैर-कार्यकारी कर्जा अनुपात (NPL) ४ प्रतिशतभन्दा माथि रहेको छ, जुन नियामकीय दायरा पार गरेको संकेत हो र जोखिम व्यवस्थापनमा चुनौती रहन सक्ने देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया