NIMB Header 2
Nepal Life

तेस्रो त्रैमाससम्म सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल, ५ अर्ब ५ करोड आर्जन गर्दा इपिएस २४ रुपैयाँ

National Life
  • BFIS News
  • 2025 Apr 20 10:06
तेस्रो त्रैमाससम्म सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल, ५ अर्ब ५ करोड आर्जन गर्दा इपिएस २४ रुपैयाँ
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक बन्न सफल भएको छ।

Shikhar
NIMB

बैंकले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको पहिलो नौ महिनामा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो।

ब्याज आम्दानीमा गिरावट, इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेको छ। यद्यपि, इम्पेयरमेन्ट चार्ज ३ अर्ब २३ करोड रुपैयाँबाट घटेर २ अर्ब २९ करोड रुपैयाँमा झरेको छ, जसका कारण बैंकको नाफा वृद्धि भएको हो। सोही अवधिमा खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ०.२० प्रतिशतले घटेको छ। यद्यपि, सञ्चालन मुनाफा भने १४.०३ प्रतिशतले वृद्धि भएको छ।

प्रतिशेयर आम्दानी र वित्तीय सूचकहरूमा सुधार

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि १ रुपैयाँ ६५ पैसाले बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ।

त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) १९.५६ गुणा र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा रहेको छ।

निक्षेप तथा कर्जा लगानीमा मजबुत उपस्थिति

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नबिल बैंकको स्थिर आम्दानी, लागत व्यवस्थापन र लगानी विस्तारले बैंकलाई पुनः शीर्ष वाणिज्य बैंकको स्थानमा पुर्‍याएको देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया