मुक्तिनाथ विकास बैंकको वितरणययोग्य मुनाफा उत्कृष्ट, शेयरधनीले आकर्षक लाभांश पाउन सक्ने
- BFIS News
- 2025 Apr Sun 11:19

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाशिक अवधिमा अधिकाम्स सूचकहरुमा आकर्षक सुधार गर्न सफल भएको छ । बैंकले चैत मसान्तसम्ममा ७२ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले यस वर्ष वितरणय योग्य मुनाफामा उत्कृष्ट सुधार गरेको छ ।
समिक्षा अवधिमा बैंकको वितरणययोग्य मुनाफा ६१ करोड ९५ लाख रुपैयाँ रहेको छ । बैंकले ८.७९ प्रतिशत लाभांस बाढ्न सक्ने क्षमता देखिन्छ ।
असार मसान्तसम्मको आय–व्ययको परिक्षण गर्दा बैंकको वितरणययोग्य मुनाफा अझै माथि जाने आंकलन गर्न सकिन्छ र शेयरधनीले आकर्षक लाभांस अपेक्षा गर्न सक्ने सम्भावना देखिन्छ ।
बैंकको व्यवसाय तर्फ पनि सन्तोषजनक बृद्धि भई कर्जा लगानी ९७ अर्ब १३ करोड पुगेको छ भने निक्षेप ११३ अर्ब पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १३.७१ रुपैयाँ छ ।
प्रतिक्रिया