NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकको अधिकाम्स सूचकहरुमा उल्लेख्य सुधार, चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै

National Life
  • BFIS News
  • 2025 Apr 20 18:46
सिद्धार्थ बैंकको अधिकाम्स सूचकहरुमा उल्लेख्य सुधार, चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समिक्षा अवधिमा अधिकाम्स सूचकहरुमा उल्लेख्य सुधार गर्न सफल भएको छ ।

Shikhar
NIMB

चैत मसान्तसम्ममा एक अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य कमी हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले एक अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको थियो। यद्यपि, यस अवधिमा बैंकले विभिन्न सूचकहरूमा सकारात्मक सुधार गर्न सफल भएको छ।

खासगरी, बैंकले समिक्षा अवधिमा खुद व्याज आम्दानी ५.३७ प्रतिशतले वृद्धि गरेको छ। गत वर्ष ६ अर्ब एक करोड रुपैयाँ बराबरको खुद व्याज आम्दानी आर्जन गरेको बैंकले यो वर्ष ६ अर्ब ३३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। त्यसैगरी, खुद सेवा शुल्क तथा कमिशन आम्दानीमा १६.३१ प्रतिशतले वृद्धि भई एक अर्ब २० करोड रुपैयाँ पुगेको छ।

सञ्चालन आम्दानी पनि ८.९५ प्रतिशतले बढेर ८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यद्यपि, खराव कर्जामा प्रोभिजनिङ गर्नुपर्ने बाध्यताका कारण बैंकको नाफामा केही दबाब देखिएको छ। समिक्षा अवधिमा प्रोभिजनिङ २९.६२ प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। आर्थिक मन्दीको प्रभावले बैंकको खुद खराव कर्जा अनुपात १.६६ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्ष ०.९५ प्रतिशत थियो।

मासिक आधार ब्याजदर ८.४६ प्रतिशतबाट ६.४३ प्रतिशतमा झारेको छ भने कष्ट अफ फण्डमा उल्लेखनीय सुधार गर्दै ६.४० प्रतिशतबाट ४.६२ प्रतिशतमा ल्याउदै ऋणीहरुलाई ठुलो राहात प्रदान गरेको छ। बैंकको पूँजीकोष अनुपात ११.१८ प्रतिशत कायम छ। यस अवधिमा वितरण योग्य मुनाफा पनि सकारात्मक देखिएको छ। गत वर्ष ऋणात्मक देखिएको वितरण योग्य मुनाफा यस वर्ष १८ करोड ८४ लाख रुपैयाँले सकारात्मक छ। परिपक्व हुँदै गरेका ऋणपत्र बापत ऋणपत्र भुक्तानी कोष मा व्यवस्था गर्न परेको कारण वितरण योग्य मुनाफा थोरै देखिएको हो ।  

यस आर्थिक वर्षमा निक्षेप संकलनमा २.२८ प्रतिशत र कर्जा लगानीमा ७.९४ प्रतिशतले बृद्धि गर्दै बैंकले चैत मसान्तसम्ममा २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन र २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको जगेडा तथा कोष १५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कडेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा परिपक्व हुन लागेको २ अर्ब १६ करोड ऋणपत्र, २०८३/८४ मा साढे २ अर्ब र २०८४/८५ मा ३ अर्बको ऋणपत्रका लागि बैंकले गत वर्ष जस्तै यस वर्ष पनि १ अर्ब ४६ करोड रुपैयाँ छुट्टाउनु पर्ने बाध्यता छ। तर, २०८२/८३ मा परिपक्व हुने ऋणपत्र प्रोभिजनिङ रकमबाट अतिरिक्त १५.३५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाउनेछ । २०८३/८४ मा १७.७४ प्रतिशत र २०८४/८५ मा २१.२९ प्रतिशत अतिरिक्त लाभांश वितरण गर्ने क्षमता बनाइने बैंकले जनाएको छ।

समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १५.८९ रुपैयाँ र मूल्य/आम्दानी अनुपात (P/E) १७.८४ कायम भएको छ। प्रतिशेयर सम्पत्ति मूल्य २,२२२.०३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २०७.४८ रुपैयाँ छ । रिटनर्न इक्वीटी ७.८१ प्रतिशत छ । तरलता अनुपात २६.४० प्रतिशत रहेको छ। बैंकले प्राविधिक सुधार, आन्तरिक प्रणाली स्वचालन र साइबर सुरक्षामा लगानी गर्दै डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको छ।

समिक्षा अवधिमा डेबिट, क्रेडिट र प्रिपेड कार्ड सेवा विस्तारमा पनि बैंकले राम्रो प्रगति गरेको छ। डेबिट कार्ड प्रयोगकर्ता संख्या १० प्रतिशतले, क्रेडिट कार्ड १६ प्रतिशतले, क्युआर मर्चेन्ट मार्फत २८ प्रतिशतले र प्रिपेड कार्ड २४ प्रतिशतले वृद्धि भएको छ। मोबाइल बैंकिङ सेवामा ११ प्रतिशत वृद्धि हुँदै बैंकको बजार हिस्सा मजबुत बनिरहेको छ।

सिद्धार्थ बैंकले क्रेडिट कार्डको कारोबार संख्यामा २७ प्रतिशत बजार हिस्सा कायम राख्न सफल भएको छ । बैंकले कनेक्ट आईपीएस कारोबार संख्यामा पनि २५ प्रतिशत बजार हिस्सा बनाएको छ भने प्रिपेड कार्ड र सोसम्बन्धित कारोबारमा १३ प्रतिशत हिस्सा बनाएको छ ।

सामान्य आर्थिक मन्दीको असर र ऋण असुली चुनौतीबीच पनि सिद्धार्थ बैंकले डिजिटल सेवा, कर्जा प्रवाह र नाफा सुधारमा उल्लेखनीय प्रगति गर्न सफल देखिएको छ। बैंकले आगामी दिनमा रणनीतिक लगानी, कर्जा विविधीकरण र डिजिटल सेवामा थप ध्यान दिँदै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया