Nepal Life

एक्सेल डेभलपमेन्ट बैंकको नोक्सानी घट्यो, इपीएस ऋणात्मक ६८ पैसा

NMB Bank
  • BFIS News
  • 2025 Apr 22 19:38
एक्सेल डेभलपमेन्ट बैंकको नोक्सानी घट्यो, इपीएस ऋणात्मक ६८ पैसा
National Life

काठमाडौँ, वैशाख ९। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक्सेल डेभलपमेन्ट बैंक ६३ लाख ८३ हजार रुपैयाँ नोक्सानीमा गएको छ।

Shikhar
NIMB

अघिल्लो वर्षको यही अवधिमा बैंकको नोक्सानी ५ करोड ३७ लाख रुपैयाँ थियो। सो अनुसार, बैंकले गत वर्षको तुलनामा नोक्सानी घटाउन सफल भएको देखिएको छ।

बैंकको खुद ब्याज आम्दानी यस अवधिमा २.८३ प्रतिशतले वृद्धि भई ३२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो आम्दानी ३२ करोड रुपैयाँ रहेको थियो।

चैत मसान्तसम्म बैंक ६० लाख ८७ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको छ। बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७६ करोड ५३ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (इपीएस) ६८ पैसा ऋणात्मक रहेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४० पैसा कायम भएको छ। बैंकको गैर–सञ्चल ऋण (एनपीएल) दर ७.३० प्रतिशतबाट बढेर ८.४६ प्रतिशत पुगेको छ, जुन बैंकको सम्पत्ति गुणस्तरमा चुनौतीको संकेत हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया