NIMB Header 2
Nepal Life

गभर्नर महाप्रसाद अधिकारीको ग्रेडमा सुधार, सन् २०२३ का लागि पाए ‘बि माइनस’

National Life
  • BFIS News
  • 2023 Sep 12 11:50
गभर्नर महाप्रसाद अधिकारीको ग्रेडमा सुधार, सन् २०२३ का लागि पाए ‘बि माइनस’
Sanima Reliance

काठमाडौं । अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले गरेको विश्वका केन्द्रिय बैंकहरुको प्रमुखहरुको ग्रेडिङमा सन् २०२३ का लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ग्रेडमा सामान्य सुधार देखिएको छ ।

Shikhar
NIMB

नेपाल सञ्चार माध्यहरुको अनुरोधमा ग्लोबल फाइनान्स पत्रिकाले सन् २०२३ को ग्रेडिङका विषयमा जानकारी दिने क्रममा गभर्नर महाप्रसाद अधिकारीले सन् २०२३ का लागि ‘बि माइनस’ ग्रेड पाएका छन् । सन् २०२२ मा भने उनको ग्रेडिङ ‘सि’ थियो । पत्रिकारले सन् २०२३ का लागि ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’ ग्रेडमा पर्ने देशका केन्द्रीय बैंकका प्रमुखहरुको सूची सार्वजनिक गरेको छ ।

ग्लोबल फाइनान्स पत्रिकाका सम्पादक एन्ड्री फियानोले बिजशाला सम्पादकसँग कुरा गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सन् २०२३ का लागि पाएको ग्रेडबारे जानकारी दिएका छन् ।

उनले लेखेको मेलअनुसार सन् २०२३ का लागि महाप्रसाद अधिकारीले ‘बी माइनस’ ग्रेड पाएका छन् । यो भनेको सन् २०२२ को तुलनामा सुधार हो । सन् २०२२ का लागि अधिकारीले ‘सी’ ग्रेड पाएका थिए ।

विभिन्न देशका केन्द्रीय बैंकका प्रमुखहरुको कार्यप्रगति, जनतामा उनीहरुको लोकप्रियता, उनीहरुले लिने नीति तथा त्यसको प्रभाव, सरकारसँगको सम्बन्ध, मौद्रिक नीतिको प्रभावकारिता लगायतमा आधारित रहेर सार्वजनिक हुने यस्तो ग्रेडिङ अन्तर्गत नेपालका गभर्नर अधिकारीको ग्रेड गत साल भन्दा सुधार देखिए पनि सन्तोषजनक भने होइन ।

सन् २०२१ मा पनि उनले पाएको ग्रेड ‘बी माइनस’ नै थियो । सन् २०२२ मा उनको ग्रेड थप खस्किएर ‘सी’मा सीमित बन्न पुगेकोमा सन् २०२३ का लागि भने केही सुधार देखिएको हो ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा पछिल्लो समय सुधार देखिएको छ । विदेशी अघिल्लो वर्षसम्म जोखिमपूर्ण अवस्थामा देखिएको विदेशी मुद्रा सञ्चितीमा सुधार भएका कारण अधिकारीको ग्रेड एक स्टेप सुध्रिएको अनुमान लगाउन सकिन्छ ।

अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको श्रीलंकाका गभर्नर नन्दलाल वीरासिङ्गेले ‘ए माइनस’को ग्रेड पाएका छन् । नेपालका गभर्नरको ग्रेड नन्दलालको भन्दा पनि कमजोर देखिएको हो ।

गभर्नर अधिकारी लामो समयदेखि गलत मौद्रिक नीति, पूर्वाग्रही व्यवहार र सरकारसँगको पूर्वाग्रही सम्बन्धका कारण विवादमा पर्दै आएका छन् ।

बिजशाला

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया