Nepal Life

स्थानीय तहमा अस्पताल निर्माणका लागि कर्जा प्रवाह गर्न राष्ट्र बैंकको आह्वान, आधार दरमा २ प्रतिशत प्रिमियम

NMB Bank
  • BFIS News
  • 2023 Sep 12 12:55
स्थानीय तहमा अस्पताल निर्माणका लागि कर्जा प्रवाह गर्न राष्ट्र बैंकको आह्वान, आधार दरमा २ प्रतिशत प्रिमियम
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था बमोजिम बैंक वित्तीय संस्थाहरुलाई अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्नका लागि आधार व्याजदरमा बढिमा २ प्रतिशतसम्ममा कर्जा प्रवाह गर्न आह्वान गरेको छ ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माणका लागि न्युनतम व्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था गरिएकव थियो । सोही व्यवस्था कार्यान्वयन गर्ने क्रममा राष्ट्र बैंकले आधार व्याजदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरेर कर्जा लगानी गर्नु पर्ने व्यवस्था गरेको हो ।

देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधारहरु पनि बलियो हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । विकासका पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा १०० बजेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोडसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ ।

नेपालमा अझै पनि अधिकाम्स स्थानीय तहमा अत्याधुनिक अस्पताको निर्माण हुन सकेको छैन । सरकारले स्थापना गरेका स्वास्थ्य चौकी बाहेक अस्पताल नहुँदा नेपालीहरुले उचित उपचार पाउन सकेका छैनन् । शहरमा मात्रै अस्पताल निर्माण गर्ने परिपाटी धेरै छ । ग्रामिण क्षेत्र तथा स्थानीय तहमा निजी क्षेत्रबाट अत्याधुनिक स्तरका अस्पताल छैनन् । यदि सरकारले अनुदान तथा कर्जामा सहुलियत दिने हो भने निजी क्षेत्रको लगानीमा कमि आउने र उनिहरु अस्पताल खोल्न प्रोत्साहित हुने थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया