NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकद्वारा विकास बैंक र वित्तीय संस्थामाथि कारबाही, नियामकीय उल्लङ्घनमा कडा कदम

National Life
  • BFIS News
  • 2025 Apr 23 22:21
नेपाल राष्ट्र बैंकद्वारा विकास बैंक र वित्तीय संस्थामाथि कारबाही, नियामकीय उल्लङ्घनमा कडा कदम
Sanima Reliance

काठमाडौं, २३ वैशाख । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिमा इजाजतप्राप्त ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनी तथा संस्थामाथि विभिन्न नियामकीय उल्लङ्घनको आधारमा कारबाही गरेको छ।

Shikhar
NIMB

मुक्तिनाथ विकास बैंक लिमिटेड

संस्थाको सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई बैंकले गरेको स्थलगत निरीक्षणमा भवन निर्माण समितिको संयोजकका रूपमा संलग्न देखिएकोले कारबाही गरिएको हो। बैंकको एकीकृत निर्देशन अनुसार सञ्चालक समितिका अध्यक्ष अन्य कुनै आन्तरिक उप–समितिमा समावेश हुन नपाउने व्यवस्था उल्लङ्घन गरेकाले उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार सचेत गराइएको छ।

नारायणी डेभलपमेण्ट बैंक लिमिटेड

बैंकलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाइँदा तोकिएको पूँजी र निक्षेप तथा कर्जा सीमा नाघिएको, चुक्ता पूँजी पूरा नगरेको, तथा नियामकीय निर्देशनहरू बारम्बार उल्लङ्घन भएको पाइएकाले सञ्चालक समितिलाई २०८२ असार मसान्तभित्र तोकिएको पूँजी र पूँजीकोष अनुपात अनिवार्यरूपमा कायम गर्न लिखित आदेश दिइएको छ। यो कारबाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(ग) अन्तर्गत गरिएको हो।

साल्पा विकास बैंक

हालसम्म पनि ‘ख’ वर्गका लागि तोकिएको न्यूनतम चुक्ता पूँजी कायम नगरेको र निर्देशन पालना नगरेको पाइएकाले सञ्चालक समितिलाई नसिहत दिइएको छ। कारबाही नेपाल राष्ट्र बैंक ऐनको दफा १००(२)(क) अनुसार गरिएको हो।

पोखरा फाइनान्स कम्पनी लिमिटेड

संस्थाले २०८१ माघ १३ देखि २६ सम्म अनिवार्य मौज्दात रकम कायम नगरेकोमा रु. ४६,७१८.२३ जरिवाना गरिएको छ। स्थलगत निरीक्षणबाट व्यवस्थापन पक्षमा कमजोरी भेटिएपछि माग गरिएको स्पष्टिकरण चित्तबुझ्दो नभएकोले श्री गुरुङलाई रु. ५ लाख जरिवाना गरिएको छ। कारबाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) अनुसार हो।

२०८१ पुस मसान्तमा निष्क्रिय कर्जा ३३.४४% पुगेको र न्यूनतम पूँजीकोष अनुपात कायम नभएको पाइएकाले संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ।

जानकी फाइनान्स लिमिटेड

२०८१ मंसिर मसान्तमा पूँजीकोष अनुपात नियामकीय मापदण्ड अनुसार नरहेकोले यस संस्थामाथि पनि शीघ्र सुधारात्मक कारबाही गरिएको छ। नेपाल राष्ट्र बैंकले बारम्बार निर्देशन पालना नगर्ने वित्तीय संस्थाहरूप्रति कडा निगरानी राख्दै कारबाही गर्ने नीति अवलम्बन गरेको जनाएको छ। यस प्रकारका कदमले वित्तीय क्षेत्रको अनुशासन कायम गर्न मद्दत गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया