Nepal Life

गाडी किन्ने सोचमा हुनुहुन्छ ? कृषि विकास बैंकले सहुलियत व्याजदरमा ८० प्रतिशतसम्म कर्जा दिने

National Life
  • BFIS News
  • 2023 Sep Tue 13:11
गाडी किन्ने सोचमा हुनुहुन्छ ? कृषि विकास बैंकले सहुलियत व्याजदरमा ८० प्रतिशतसम्म कर्जा दिने
RBB

काठमाडौं । नाडा अटो सोको अवसरमा कृषि विकास बैंकले गाडी कर्जा सम्बन्धी विशेष व्यवस्था सार्वजनिक गरेको छ । बैंकले अटो सोलाई मध्यनजर गर्दै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको डाउन पेमेन्टमा अटो कर्जाको स्किम ल्याएको हो ।

NIMB

ग्राहकमैत्री कृषि विकास बैंकले आफ्ना शाखा कार्यालयबाटै छानी छानी गाडी किनिदिने व्यवस्था मिलाएको छ । बैंकले आवस्यक कागजपत्र प्राप्त भएको ७ देखि १० दिन भित्रमा कर्जा उपलब्ध गराउनेछ । बैंकले व्यक्तिगत अटो कर्जा तर्फ कुल लगातको ५० प्रतिशत कर्जा उपलब्ध गराउनेछ । त्यस्तै संस्थागत रुपमा कुल लागतको ६५ प्रतिशत कर्जा दिनेछ । विद्युतीय सवारी साधनलाई भने प्रोत्साहित गर्दै कुल लगातको ८० प्रतिशतसम्म कर्जा दिनेछ ।

आजदेखि भृकुटी मण्डपमा नाडा अटो चलिरहेको छ । यस अवसरमा गाडी बिक्रेताहरुले विभिन्न आकर्षक अफरहरु ल्याएका छन् । यहि क्रममा बैंकहरुले पनि सहुलियत व्याजदरमा गाडी चढ्ने सपना पुरा गरिदिदै छन् । कृषि विकास बैंक अन्य सरकारी बैंक भन्दा अलि बढी ग्राहकमैत्री र रिटेल बैंक हो । यसको आधार नै कृषक भएको हुँदा यसका ग्राहक धेरै छन् । प्रतिस्पर्धात्मक युगमा बैंकले अन्य बैंकहरु सरह सरल र सहज बैंकिङको अभ्यास गर्ने क्रममा अटो कर्जामा पनि यस्तो अफर ल्याएको हो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया