Nepal Life

वुलिङ कार किन्नेलाई प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

NMB Bank
  • BFIS News
  • 2023 Sep 12 13:21
वुलिङ कार किन्नेलाई प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
National Life

काठमाडौं। वुलिङ एयर इभी किन्‍न चाहने ग्राहकलाई प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने भएको छ। नाडा अटो शोलाई ध्यानमा राखेर यो सुविधा ल्याइएको हो।

Shikhar
NIMB

वुलिङ एयर इभी बिक्री गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले कार खरिद गर्न चाहने ग्राहकलाई कर्जा सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्य गरेको छ।

उक्त सम्झौता पत्रमा इभी नेपाल मोटर्सका एजीएम नवराज कोइराला र प्रभु बैंकका चिफ बिजनेस अफिसर (सीबीओ) रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार वुलिङ एयर इभी किन्‍न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ।

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर इभी नेपाली बजारमा उपलब्ध छ। यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ।

वुलिङ क्षभीले इन्डोनेसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्‍न सवारी साधन उत्पादन गर्ने गरेको छ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसइभी) प्लेटफर्ममा वुलिङ एयर इभी बनेको छ। यही प्लेटफर्ममा होङ गुवाङ मिनी इभी र बाओजुन किवी इभी समेत बनेका छन्।

वुलिङ एयर इभी फोर सिटर र थ्री डोर ह्‍याचब्याक हो। सिटी ड्राइभिङका लागि उपयुक्त उक्त इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने कम्पनीको दाबी छ।

यो कार काठमाडौंको नक्साल, भैंसेपाटी तथा भक्तपुरको आधिकारिक शोरुमबाट बिक्री भइरहेको छ। नेपालभर रहेका ५१ भन्दा बढी नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनबाट यो कार सजिलै तथा छिटो चार्ज गर्न मिल्ने बताइएको छ।

बज्र ग्रुपले नेपाली बजारमा छिटै अर्को नयाँ मोडेल वुलिङ बिङ्‍गो फोर डोर इभी पनि लन्च गर्ने तयारी गरेको कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर एनके शरदले जानकारी दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया