Nepal Life

माछापुच्छ्रे बैंक र सि.बि.एल. मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु

NMB Bank
  • BFIS News
  • 2025 Apr 29 16:58
माछापुच्छ्रे बैंक र सि.बि.एल. मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु
National Life

काठमाडौं, बैशाख १६ । नेपाली कामदारहरूले मलेसियाबाट सहज, सरल र सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकून् भन्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र सि.बि.एल. मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता सम्पन्न भएको छ।

Shikhar
NIMB

दुई संस्थाबीचको सहकार्य अन्तर्गत २०८२ साल बैशाख १५ गते (सोमबार) देखि यो सेवा औपचारिक रूपमा सुरु गरिएको हो। अब मलेसियामा रहेका नेपालीहरूले सि.बि.एल. मनी ट्रान्सफरमार्फत नेपालमा रहेका आफन्त तथा परिवारजनलाई सजिलै रकम पठाउन सक्नेछन्।

सम्झौतापत्रमा सि.बि.एल. मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

माछापुच्छ्रे बैंकले यो सहकार्यमार्फत वैदेशिक रोजगारमा रहेका नेपालीहरूको रेमिट्यान्स कारोबारलाई अझ सहज र भरपर्दो बनाउने विश्वास लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया