NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्यमा महाप्रसाद अधिकारी नियुक्त

National Life
  • BFIS News
  • 2025 Apr 30 22:45
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्यमा महाप्रसाद अधिकारी नियुक्त
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर सिफारिस समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

यो पद पूर्वगभर्नर विजयनाथ भट्टराईको राजीनापछि रिक्त भएको थियो। भट्टराई राजनीतिक रूपमा स्वतन्त्र मानिन्थे भने अधिकारी सत्तारूढ नेकपा एमाले निकट मानिन्छन्। उनको नियुक्तिसँगै समितिमा एमाले निकट सदस्यको बहुमत पुगेको छ।

गएको चैत १० गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठन गरिएको समितिमा कांग्रेस निकट अर्थशास्त्री डा. विश्व पौडेल पनि सदस्य छन्।

यस समितिको कार्य गभर्नर सिफारिसमा के कस्तो भूमिका खेल्ने हो भन्ने विषयमा भने अन्योल देखिएको छ। सत्ता साझेदार दलहरूबीच कांग्रेसको सिफारिसमा गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने सहमति बनिसकेको छ। भट्टको पक्षमा अदालतले पनि बाटो खुला गरिसकेको छ।

तर, उनीमाथि विभिन्न बहानामा अवरोध सिर्जना भइरहेको छ। समितिमा एमालेको बहुमत पुगेको पृष्ठभूमिमा गभर्नर सिफारिस प्रक्रिया थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ।

चैत २४ गते अधिकारीको कार्यकाल सकिएपछि डेपुटी गभर्नर निलम ढुंगानाले कार्यवाहक गभर्नरको जिम्मेवारी सम्हालेकी छन्। उनीमाथि पनि शक्तिकेन्द्रहरूको समर्थनमा गुणाकर भट्टको उम्मेदवारी रोक्दै आफैं गभर्नर बन्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया