NIMB Header 2
Nepal Life

वित्तीय संस्थाका कार्यकारीहरुका लागि सस्टेनेबल फाइनान्ससम्बन्धी सर्टिफाइड कोर्स लन्च

National Life
  • BFIS News
  • 2023 Sep 13 05:17
वित्तीय संस्थाका कार्यकारीहरुका लागि सस्टेनेबल फाइनान्ससम्बन्धी सर्टिफाइड कोर्स लन्च
Sanima Reliance

काठमाडौं। नेपाल बैंकर्स संघले वित्तीय संस्थाका कार्यकारीहरुका लागि सस्टेनेबल फाइनान्ससम्बन्धी सर्टिफाइड कोर्स लन्च गरेको छ।

Shikhar
NIMB

वातावरणीय, सामाजिक र सुशासन (इएसजी) का अभ्यासहरूमा मानव स्रोतको आवश्यकतालाई सम्बोधन गर्न संघले कार्यक्रम सुरु गरेको हो। इन्भेष्ट फर इम्प्याक्ट नेपालसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम सुरु गरेको हो।

यूनिभर्सिटी अफ पोम्पेउ फाब्राको गैरनाफामूलक संस्था बार्सिलोना स्कूल अफ म्यानेजमेन्ट स्पेनले ६४ घण्टा लामो सो कोर्स डिजानइन गरेको हो। जसलाई पाँच वटा मोड्युलमा विभाजन गरिएको छ।

प्रशिक्षणले वातावरण मूल्याङ्कन गर्ने परियोजनाहरूमा लगानीसम्बन्धी निर्णय लिनका साथै सकारात्मक सामाजिक परिवर्तन ल्याउन सहयोग पुर्‍याउने बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए। हरित र दिगो विकासका लागि प्रशिक्षण कोशेढुंगा सावित हुने केसीको भनाई छ।

प्रशिक्षण योजना सफल बनाउन इच अन्टरप्रेन्यूअल डेभलपमेन्ट बैंक एएमओको पनि संयुक्त प्रयास रहेको केसीले बताए। नेपालको एनएमबी बैंकमा एएमओ नदरल्याण्डको १३.६९ प्रतिशत लगानी छ।

एएमओका प्रमुख कार्यकारी अधिकृत माइकल जोन्जेनेलले बैंक वित्त मात्रै नभएर अन्य वित्तीय संस्था पनि इएसजी र सस्टेनेबल फाइनान्समा केन्द्रित हुनुपर्ने जोड दिए।

जोन्जेनेलले र नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा निलम ढुंगानाले कोर्सको औपचारिक उत्घाटन गरेका हुन्। ढुंगानाले राष्ट्र बैंक मात्रै नभएर इएसजीमा सरकार पनि गम्भीर रहेको बताउँदै नेपालले पछिल्लो दशक यस क्षेत्रमा ठूलो फड्को मारेको बताइन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया