Nepal Life

राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाउदै आएको १२ करोडको सिमा हटाउने चर्चा सँगै शेयर बजारमा उछाल

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 15:09
राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाउदै आएको १२ करोडको सिमा हटाउने चर्चा सँगै शेयर बजारमा उछाल
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा लगाउदै आएको १२ करोडको सिमालाई परिमार्जन गर्ने चर्चा सँगै बुधबार शेयर बजारमा उछाल आएको छ । अर्थमन्त्रीले गभर्नर अधिकारीलाई लगातार शेयरधितो कर्जाको सिमा हटाउन दिदै आएको दवावलाई गभर्नरले परिमार्जन गर्ने संकेत दिएका छन् ।

NIMB

राष्ट्र बैंकले संस्थागत लगानी तर्फ १२ करोडको सिमा हटाउने संकेत गरेको छ । यदि १२ करोडको सिमा संस्थागत हुँदा संस्थापक तथा सर्वसाधारण लागनीकर्तामा खुकुलो बनाउने नीति लियो भने शेयर बजारले नयाँ गति लिने विश्लेषकहरुको विश्लेषण छ । यसले गर्दा बुधबार शेयर बजारमा ३९.४८ अंकले सुधार भएको छ ।

सरकारले स्थानीय तहको रकम मध्ये ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने निर्णय गरिसकेको छ । यसले गर्दा सोमबार शेयर बजारमा सुधार देखिएको थियो । तर मंगलबा सोमबारको सुधारले निरन्तरता पाउन सकेन । आज फेरी शेयरधितो कर्जाको हल्लाले बजारमा ठुलो उछाल ल्यायो । शेयर बजारमा साना साना हल्ला र चर्चाले उतारचढाव आउने गरेको छ । तर नीतिगत व्यवस्था कार्यान्वयनमा नआएसम्म भर हुँदैन । लगानीकर्ताको मनोबल कमजोर भइरहदा यसले थप उर्जा थपेको छ ।

बुधबार नेप्से सूचक २००७.०६ अंकमा रोकिएको छ । कारोबार रकम पनि एक अर्ब ४९ करोड रुपैयाँको भएको छ । यसले पनि भोलिका दिनमा बजार थप बढ्ने संकेत गरेको छ । आज सर्वाधिक धेरै बीमा कम्पनीको शेयरमा सुधार देखिएको छ भने बाणिज्य बैंकको सूचक १२.५६ अंकले बढेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया