Nepal Life

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिस्डोलमा आज के के गरो ?

Global Ime detail Page
  • BFIS News
  • 2022 Jun Tue 21:10
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिस्डोलमा  आज के के गरो ?
Sanima Reliance

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिस्डोलको अध्ययन गरेको छ । लिच्चड मिसिएर भएको प्रदुषणको अध्ययन डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले गरेको हो । लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो ।

सिस्डोलबाट संकलित तिनवटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । विज्ञटोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ ।

NIMB

पानी तथा लिच्चडको पुर्ण रिपोर्ट आगामी केहिदिनमा थाहा हुने र पुर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने छ । नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिनेछ ।

आज नै अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने बिधि निर्क्यौल गरेको छ । यसका लागि प्रारम्भिक कामहरु ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भइरहेको छ । बालेन शाह को फेस्बुक वाट .

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया