Nepal Life

एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस शेयर सँगै नगदलाई प्राथमिकता

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 17:53
एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस शेयर सँगै नगदलाई प्राथमिकता
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार साँझ साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद सहित २०.५३ प्रतिशत कुल लाभांश घोषणा गरेको छ । 

NIMB

प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै बैंकले साधारणसभामा पेश गर्न पाउने छ । साधारणसभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीले पाउने छन् । बैंकले गत आर्थिक वर्षको भन्दा थोरै लाभांश दर बढाएको छ । गएको वर्ष १३ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश दिएकोमा यस वर्ष नगदलाई अझ बढि प्राथमिकता दिएको हो । 

बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी झण्डै १२ अर्ब पुग्नेछ ।

लाभांश सूचना

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया