Nepal Life

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ५३.९४ प्रतिशतले वृद्धि, विद्युत बिक्री घट्यो

NMB Bank
  • BFIS News
  • 2025 May 12 17:19
युनाइटेड मोदी हाइड्रोपावरको नाफा ५३.९४ प्रतिशतले वृद्धि, विद्युत बिक्री घट्यो
National Life

काठमाडौं युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Shikhar
NIMB

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.९४ प्रतिशतले बढी हो। गत वर्षको चैतसम्म कम्पनीले १ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो।

यद्यपि कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी भने घटेको देखिएको छ। अघिल्लो वर्षको २१ करोड ८७ लाख रुपैयाँको तुलनामा चालु वर्षको सो अवधिमा आम्दानी २१ करोड ८० लाख रुपैयाँमा झरेको छ।

वित्तीय खर्चमा भने उल्लेखनीय कमी आएको छ। अघिल्लो वर्षको ८ करोड २ लाख रुपैयाँको खर्च घटेर यस वर्ष ५ करोड ५१ लाख रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा सकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड १५ लाख रुपैयाँ सञ्चित छ। युनाइटेड मोदी हाइड्रोपावरको प्रति शेयर आम्दानी (EPS) २.५० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०८.२५ रुपैयाँ पुगेको छ।

यसो हुनुमा वित्तीय अनुशासन र लागत व्यवस्थापनको प्रभाव देखिएको बताइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया