Nepal Life

बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालले गरे संयुक्त कार्यक्रम, वित्तीय क्षेत्रलाई दीर्घकालिन बनाउन जोड

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 04:54
बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालले गरे संयुक्त कार्यक्रम, वित्तीय क्षेत्रलाई दीर्घकालिन बनाउन जोड
Sanima Reliance

काठमाडौं । नेपाल बैंकर्स संघ र Invest for Impact Nepal द्वारा संयुक्त रुपमा “Moving Towards Sustainable Financing in Nepal” नामक एक कार्यक्रमको आयोजना गरियो । नेपालको वित्तीय क्षेत्रलाई Sustainable Financing उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मुल्यांकन तथा यससंग सम्बन्धित विषयहरुलाई समाधान गर्दै कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयका साथै ESG Certification Course को शुभकामनाका बारेमा कार्यक्रम केन्द्रित थियो ।

NIMB

कार्यक्रममा स्वागत्  मन्तव्य राख्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वर्तमान परिवेशमा Sustainable Financing को सान्दर्भिकता र यसको  महत्व माथि प्रकाश पार्दै यस बाट बैंक तथा वित्तीय संस्थाहरु मात्र नभई हरेक सरोकारवालाहरु दीर्घकालीनरूपमा लाभान्वित हुने बताए । उँनले Sustainable Financing मा  नेपाल बैंकर्स संघको दीर्घकालीन लक्ष्यको बारेमा  पनि उल्लेख गरे ।

कार्यक्रमको अवसरमा Environmental Management Center (EMC) India, का प्रबन्ध निर्देशक डा. प्रसाद मोदकले नेपालको बैंकहरुमा ESG Implementation को वर्तमान अवस्था, प्राप्त उपलब्धीहरु र यसमा सुधार गर्नुपर्ने पक्षहरुलाई समेटेर नेपाल बैंकर्स संघ र IIN को सहयोगमा गरिएको ESG Benchmarking Study को  सारांश प्रतिवेदन प्रस्तुत गरे ।

त्यसैगरि कार्यक्रममा Sustainable Financing संग सम्बन्धित विविध पक्षहरु लाई समेट्दै यसको अन्तर्राष्ट्रिय अभ्यासको बारे Barcelona School of Management  का प्रा.डा.मार्कोस इगुइगुरेनले आफ्नो प्रस्तुति दिए ।

कार्यक्रमका विशेष अतिथि, FMO का प्रमुख कार्यकारी अधिकृत श्री मिखेल योङ्गनिलले Sustainable Financing का सम्बन्धमा FMO ले गर्दै आइरहेको कार्यक्रम तथा सहकार्यहरु बारे बोल्दै सो बिषयमा आफ्नो अनुभव व्यक्त गरे ।

 

सो पश्चात नेपाल राष्ट्र बैंकका का.मु. गभर्नर डा. निलम ढुंगाना तिम्सिना तथा FMO का प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले  संयुक्त रुपमा  नेपाल बैंकर्स संघले Invest for Impact Nepal को सहकार्यमा Pompeu Fabra University – Barcelona School of Management द्वारा संचालन गर्ने ESG Certification Course को शुभारम्भ भएको घोषणा गरे । उक्त पाठ्यक्रम तीनवटा प्रमुख स्तम्भहरु - ESG को ऐतिहासिक विकास र महत्व, नियमनकारी ढाँचा र व्यावहारिक पक्षहरुलाई समेटेर तयार गरिएको छ । उक्त  पाठ्यक्रम नेपालमा Sustainable Financing सम्बन्धी ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादन गर्न कोषे ढुंगा सावित हुने बिश्वास लिइएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका का.मु. गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले Sustainable Financing मा राष्ट्र बैंकले लिएका नीतिगत कदमहरु र यसलाई अझ प्रभावकारी बनाउन गरिएको प्रयासको बारेमा प्रकाश पारे । साथै नेपाल बैंकर्स संघ र Barcelona School of Management संगको सहकार्यमा संचालन गर्न लागिएको  ESG Certified पाठ्यक्रम को सफलताको लागि शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा राष्ट्र बैंकका प्रतिनिधिहरु, निजि क्षेत्र, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, विकास साझेदार निकाय तथा संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थितिमा संचालन गरिएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया