NIMB Header 2
Nepal Life

ढाकाको 'ब्रिफकेस'मा बजेट: अर्थमन्त्रालयबाट मन्त्रिपरिषदको बैठकमा गए अर्थमन्त्री पौडेल

National Life
  • BFIS News
  • 2025 May 29 14:54
ढाकाको 'ब्रिफकेस'मा बजेट: अर्थमन्त्रालयबाट मन्त्रिपरिषदको बैठकमा गए अर्थमन्त्री पौडेल
Sanima Reliance

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले पनि ढाकको 'ब्रिफकेस'लाई निरन्तरता दिएका छन्। पौडेल ढाकाको ब्रिफकेस बोकेर अर्थमन्त्रालयबाट मन्त्रिपरिषदको बैठकमा भाग लिन गएका छन्। 

Shikhar
NIMB

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव घनश्याम उपाध्यालयले अर्थमन्त्री पौडेललाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । 

हस्तान्तरणपछि अर्थमन्त्री पौडेल बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुने मन्त्रिपरिषद्‌ बैठकमा सहभागी छन् । ५ बजे पौडेलले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । नेपाली ढाकाबाट बनेको ब्रिफकेस प्रयोग गरेर अर्थमन्त्री पौडेलले स्वदेशी उत्पादनको प्रवर्द्धनको सन्देश दिन खोजेका छन् ।

यो पटकसँगै पौडेल पाच पटक अर्थमन्त्री बनेका पौडेल गएको असारमै अर्थमन्त्री बने पनि जेठ १५ मै बजेट ल्याउनु पर्ने प्रावधानका कारण पौडेलले वर्षमान पुनःले ल्याएको बजेटमै चालु आर्थिक वर्षमा काम गरिरहेका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया