Nepal Life

मन्त्रिपरिषद्को बैठक सम्पन्न, आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन

NMB Bank
  • BFIS News
  • 2025 May 29 14:59
मन्त्रिपरिषद्को बैठक सम्पन्न, आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन
National Life

काठमाडौं, जेठ १६ – आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्ताव अनुमोदनका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक आज सम्पन्न भएको छ। बैठकले अर्थ मन्त्रालयबाट प्रस्तुत गरिएको बजेट प्रस्तावलाई स्वीकृति दिएको छ।

Shikhar
NIMB

उक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको ब्रिफकेससहित सहभागी भएका थिए। बैठकअघि उनि अर्थ मन्त्रालयबाट सीधा सिंहदरबारस्थित मन्त्रिपरिषद्को बैठकस्थलतर्फ गएका थिए।

बजेट अनुमोदन भएपछि अब अर्थमन्त्री पौडेलले आजै संसद बैठकमा उक्त बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी आर्थिक वर्षको बजेटमा आर्थिक स्थायित्व, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको बताइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया