Nepal Life

प्रदेश र स्थानीय तहका लागि २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ विनियोजन

NMB Bank
  • BFIS News
  • 2025 May 29 16:02
प्रदेश र स्थानीय तहका लागि २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ विनियोजन
National Life

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरेको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार शर्तसहितको अनुदान अन्तर्गत प्रदेश सरकारका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले संघीयता सुदृढ गर्ने उद्देश्यले प्रदेश र स्थानीय तहलाई वित्तीय स्रोतको हस्तान्तरण गर्दै आएको छ। आगामी वर्षको बजेटमा पनि उक्त नीतिलाई निरन्तरता दिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया