NIMB Header 2
Nepal Life

वैदेशिक लगानी भित्र्याउने र नाफा फिर्ता लैजाने प्रक्रिया सरल बनाइने

National Life
  • BFIS News
  • 2025 May 29 16:11
वैदेशिक लगानी भित्र्याउने र नाफा फिर्ता लैजाने प्रक्रिया सरल बनाइने
Sanima Reliance

काठमाडौं सरकारले वैदेशिक लगानी प्रवर्द्धन गर्न तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न नाफा फिर्ता लैजाने प्रक्रियालाई सहज बनाउने घोषणा गरेको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्र्याउन नेपाललाई आकर्षक गन्तव्यस्थलका रूपमा विकास गरिने बताए।

उनका अनुसार वैदेशिक लगानी भित्र्याउने प्रक्रिया सरल बनाइनेछ र लगानीबाट आर्जन गरिएको नाफा सहज रूपमा फिर्ता लैजान सक्ने वातावरण तयार गरिनेछ।

सरकारले आर्थिक वृद्धिमा वैदेशिक लगानीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नीति तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्ने योजना अघि सारेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया