Nepal Life

खेलकुद क्षेत्रमा ऐतिहासिक बजेट, ६ अर्ब ८ करोड विनियोजन

NMB Bank
  • BFIS News
  • 2025 May 29 16:32
खेलकुद क्षेत्रमा ऐतिहासिक बजेट, ६ अर्ब ८ करोड विनियोजन
National Life

काठमाडौं, जेठ १५।  सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो रकम हालसम्मकै उच्च हो।

Shikhar
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रको विकास तथा युवा सशक्तीकरणका लागि बजेट वृद्धि गरिएको जानकारी दिए।

यो बजेट चालु आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ करोड ५८ लाख रुपैयाँले बढी हो। गत वर्ष उक्त क्षेत्रमा ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

सरकारले खेलकुद पूर्वाधार विकास, खेल प्रतिभा उत्पादन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, र युवा कार्यक्रम विस्तारलाई प्राथमिकतामा राख्दै बजेट खर्च गरिने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया