NIMB Header 2
Nepal Life

आज संघीय संसदका चार समिति बैठक बस्दै, विविध विधेयक र राष्ट्रिय सरोकारमा हुनेछ छलफल

National Life
  • BFIS News
  • 2025 May 30 10:45
आज संघीय संसदका चार समिति बैठक बस्दै, विविध विधेयक र राष्ट्रिय सरोकारमा हुनेछ छलफल
Sanima Reliance

काठमाडौं। संघीय संसद अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज (बिहीबार) बस्ने भएका छन्।

Shikhar
NIMB

विभिन्न विधेयक र राष्ट्रिय सरोकारका विषयमा छलफल गर्ने एजेन्डाका साथ समितिहरूको बैठक तय भएको हो।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजेका लागि निर्धारण गरिएको छ। उक्त बैठकमा "विद्युत् विधेयक, २०८०" माथि संशोधनसहित दफावार छलफल हुने कार्यक्रम छ।

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ः०० बजे नै बस्नेछ। यस बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायसँग सम्बन्धित हालसम्म भएका कार्यहरू, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका विषयमा छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ। बैठकमा "संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९" माथि दफावार छलफल गरिनेछ।

यसैगरी, संसदीय सुनुवाइ समितिको बैठक पनि बिहान ११ः०० बजेका लागि तय गरिएको छ। उक्त बैठकमा अनुगमन कार्यक्रमसँग सम्बन्धित विषयमा छलफल हुने जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया