Nepal Life

आज सुनको मूल्यमा वृद्धि, चाँदीको भाउमा गिरावट

RBB
  • BFIS News
  • 2025 May Fri 11:11
आज सुनको मूल्यमा वृद्धि, चाँदीको भाउमा गिरावट
Shikhar detail

काठमाडौं।  शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० रुपैयाँमा पुगेको छ।

NIMB

बिहीबार छापावाल सुनको मूल्य १ लाख ८७ हजार ८०० रुपैयाँ थियो।

उता, चाँदीको भाउ भने घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ रहेको थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण दैनिक रूपमा सुन–चाँदीको मूल्यमा उतारचढाव देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया