सुनको मूल्य ६ दिन लगातार बढ्दै, आज तोलाको १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार
- BFIS News
- 2025 Jun Thu 11:14

काठमाडौं। सुनको मूल्य लगातार छ दिनदेखि वृद्धि हुने क्रमलाई बिहीबार पनि निरन्तरता दिएको छ।
व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुन प्रति तोला ५०० रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रुपैयाँमा पुगेको छ।
बुधबार सुनको मूल्य १ लाख ९३ हजार २ सय रुपैयाँ थियो। पछिल्ला ६ दिनमा मात्रै सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले वृद्धि भइसकेको छ।
यसअघिका दिनमा सुनको मूल्य यसरी बढेको थियो:
-
शुक्रबार : ७०० रुपैयाँले वृद्धि
-
आइतबार : ३०० रुपैयाँले वृद्धि
-
सोमबार : १,००० रुपैयाँले वृद्धि
-
मंगलबार : २,९०० रुपैयाँले वृद्धि
-
बुधबार : ५०० रुपैयाँले वृद्धि
त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार बिहीबार पनि चाँदी प्रति तोला २ हजार ७५ रुपैयाँमै कारोबार भइरहेको छ, जुन मूल्य बुधबारको तुलनामा परिवर्तन भएको छैन।
लगातारको मूल्य वृद्धिले सुनका कारोबारी र लगानीकर्ताहरूको ध्यान बजारतर्फ आकर्षित भएको छ।
प्रतिक्रिया