Nepal Life

आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको खरिददर १३६.७० रुपैयाँ

RBB
  • BFIS News
  • 2025 Jun Tue 05:21
आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको खरिददर १३६.७० रुपैयाँ
Shikhar detail

काठमाडौँ, जेठ २७। नेपाल राष्ट्र बैंकले आज मङ्गलबार (जेठ २७ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

NIMB

बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा छ भने स्वीस फ्रयाङ्कको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा तोकिएको छ।

अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा छ। क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०० रुपैयाँ ३६ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिददर १०६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा छ।

जापानी येन (१० को दरमा) को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा रहेको छ।

थाई भाटको खरिददर ४ रुपैयाँ १८ पैसा र बिक्रीदर ४ रुपैयाँ २० पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

साउथ कोरियन वन (१०० को दरमा) को खरिददर १० रुपैयाँ ९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा रहेको छ। स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २८ पैसा छ भने डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ९२ पैसा र बिक्रीदर २१ रुपैयाँ १ पैसा कायम गरिएको छ।

त्यस्तै, हङकङ डलरको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ४४६ रुपैयाँ ५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ १ पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १४ पैसा, ओमनी रियालको खरिददर ३५५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ६५ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले विनिमय दर आवश्यक परेमा जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी दिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार