NIMB Header 2
Nepal Life

आगामी मौद्रिक नीति अर्थतन्त्र सुधारमै केन्द्रित हुने : गभर्नर पौडेल

National Life
  • BFIS News
  • 2025 Jun 10 11:42
आगामी मौद्रिक नीति अर्थतन्त्र सुधारमै केन्द्रित हुने : गभर्नर पौडेल
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति आर्थिक सुधारमा केन्द्रित हुने बताएका छन्।

Shikhar
NIMB

सोमबार नेपाल राष्ट्र बैंकको धनगढी शाखाले आयोजना गरेको कार्यक्रममा गभर्नर पौडेलले व्यवसायी, संघसंस्था, ऋणी तथा सरोकारवाला पक्षसँग छलफल गरेका थिए।

गभर्नर पौडेलले विभिन्न घटनाले राष्ट्रिय अर्थतन्त्रमा समस्या उत्पन्न गरेको उल्लेख गर्दै ती समस्याको पहिचान गरी सुधारात्मक नीति ल्याइने बताएका हुन्। उनले आगामी मौद्रिक नीति जनस्तरका समस्या र सरोकारका विषयहरूलाई समेट्ने गरी तयार गरिने जानकारी दिए।

"म यहा̃ जनगुनासो बुझ्न आएको हुँ," उनले भने, "मौद्रिक नीति सरोकारवालाहरूको चिन्तालाई सम्बोधन गर्ने खालको हुनेछ।" उनले बैंक तथा वित्तीय संस्था र व्यवसायीबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसबाट राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया