NIMB Header 2
Nepal Life

घोराहीका युवाहरूको तरबुजा खेतीबाट मनग्य आम्दानी

National Life
  • BFIS News
  • 2025 Jun 15 11:39
घोराहीका युवाहरूको तरबुजा खेतीबाट मनग्य आम्दानी
Sanima Reliance

दाङ, १ असार २०८२।  रोल्पा र दाङका दुई युवाले घोराही उपमहानगरपालिका–७ स्थित बबई नदी किनारमा तरबुजा खेती गरी उल्लेखनीय आम्दानी गर्न सफल भएका छन्।

Shikhar
NIMB

रोल्पाको माडी गाउँपालिका–१, जबाङ दुदिलाबोटका २७ वर्षीय बीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय बीरेन्द्र ओली पछिल्ला दुई वर्षदेखि व्यावसायिक तरिकाले तरबुजा खेती गर्दै आएका हुन्।

उनीहरूले डाङ एग्रोमार्ट एग्रिकल्चर फार्म मार्फत घोराहीमा तरबुजा उत्पादन र बिक्री गर्दै आइरहेका छन्। अहाना, सरस्वती र विशाल जातका तरबुज प्रति किलो रु ५० मा तथा आरोही जातका तरबुज प्रति किलो रु ७० मा बिक्री भइरहेको छ।

दैनिक १,००० किलो बिक्री, आधाभन्दा बढी उत्पादन बिक्री भइसकेको

हाल दैनिक १,००० किलो तरबुजा बिक्री हुँदै आएको र उत्पादनको आधाभन्दा बढी बिक्री भइसकेको खड्काले जानकारी दिए। गत वर्ष मात्र उनीहरूले रु १२ लाखको कारोबार गरेका थिए।

उनीहरूका अनुसार, बबई किनारको बालुवायुक्त जमिन तरबुजा खेतीका लागि अत्यन्त उपयुक्त छ, र व्यवसाय विस्तार गर्न अझ सम्भावना देखिएको छ।

विदेशी तरबुजा आयात रोक्न सुझाव

बीरेन्द्र खड्काले सरकारलाई विदेशी तरबुजा आयातमा रोक लगाउन आग्रह गर्दै भने, “यदि सरकार विदेशबाट आउने तरबुजा रोक्न सघायो भने हामी जस्ता किसानलाई धेरै फाइदा पुग्नेछ। स्थानीय उत्पादनको खपत बढ्नेछ र आम्दानी पनि थप सुनिश्चित हुनेछ।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार