Nepal Life

देप्रोक्स लघुवित्तका प्रवर्तक तथा कर्मचारीको सेयर लक–इन अवधि श्रावण १० मा समाप्त हुने

NMB Bank
  • BFIS News
  • 2025 Jun 18 11:49
देप्रोक्स लघुवित्तका प्रवर्तक तथा कर्मचारीको सेयर लक–इन अवधि श्रावण १० मा समाप्त हुने
National Life

काठमाडौं।   देप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले आफ्नो प्रवर्तक तथा कर्मचारी स्वामित्वमा रहेका सेयरहरूको लक–इन अवधि आगामी श्रावण १० गते समाप्त हुने जानकारी गराएको छ।

Shikhar
NIMB

नेपाल धितोपत्र बोर्ड (सेबोन) को पछिल्लो निर्देशनअनुसार, देप्रोक्स लघुवित्तले सार्वजनिक सूचना प्रकाशित गर्दै प्रवर्तक र कर्मचारीका लागि लागु गरिएको दुई वर्षे लक–इन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो।

हाल देप्रोक्स लघुवित्तको १ करोड ८६ लाख ८२ हजार ८६० कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध छन्। तीमध्ये २ लाख २ हजार ३४२ कित्ता सेयर प्रवर्तकहरूले र १ हजार ४८२ कित्ता सेयर कर्मचारीहरूले राखेका थिए, जुन सेयर आईपीओ बाँडफाँडपछि दुई वर्षसम्म लक–इन अवधिमा रहेको थियो।

कम्पनीको चुक्ता पूँजी हाल १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।

यद्यपि, कम्पनीले स्पष्ट पारेको छ कि सञ्चालक समिति सदस्य र उच्च व्यवस्थापन तहका कर्मचारीहरूको सेयर लक–इन अवधि समाप्त भएपनि तत्काल खरिदबिक्रीका लागि खुला हुने छैन।

हाल देप्रोक्स लघुवित्तको सेयर मूल्य नेप्सेमा प्रतिकित्ता रू. ८०९.७२ मा बन्द भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया