NIMB Header 2
Nepal Life

इजरायलमा बढ्दो संकटबीच नेपालीको सुरक्षाका लागि एनआरएनएले उद्धार तयारी तीव्र बनायो

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 19 12:26
इजरायलमा बढ्दो संकटबीच नेपालीको सुरक्षाका लागि एनआरएनएले उद्धार तयारी तीव्र बनायो
Everest Bank

काठमाडाैं, असार ५।  इरान र इजरायलबीचको चर्किंदो तनावका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) ले इजरायलमा रहेका नेपालीको सुरक्षा मूल्यांकन र सम्भावित उद्धार तयारीलाई तीव्र बनाएको छ।

Shikhar
NIMB

बुधबार साँझ आयोजित भर्चुअल अन्तरक्रियामा एनआरएनएका पदाधिकारीहरूले इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पौडेलसहित सरोकारवालासँग वर्तमान अवस्था र आवश्यक कदमबारे छलफल गरेका थिए।

एनआरएनए इजरायल च्याप्टरका अध्यक्ष श्रीकृष्ण भण्डारीले यो संकट विगतका युद्धहरूभन्दा गम्भीर रहेको बताउँदै इजरायलमा रहेका सबै नेपाली नागरिकलाई सरकारी सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरे। साथै, सामाजिक सञ्जालमा भ्रम फैलाउने वा डर बढाउने सामग्री सेयर नगर्न पनि उनले अनुरोध गरे।

संघका महासचिव अली मोहम्मद मियाँले इजरायली सुरक्षाका मापदण्डलाई पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए। यद्यपि सार्वजनिक यातायात र बजार खुला भए पनि अवस्था अत्यन्त अनिश्चित भएकोले उच्च सतर्कता आवश्यक रहेको बताए।

राजदूत पौडेलले नेपालीहरूलाई सुरक्षित स्थानमै रहन र सरकारको निर्देशन पालना गर्न आग्रह गरे। हालसम्म औपचारिक रूपमा सामूहिक उद्धारको माग नभएको भए पनि विराटनगरका मेयर र एक जना डाक्टरको उद्धारका लागि पहल गरिएको जानकारी दिए। केही अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूले नेपाल फर्किन चासो देखाएको पनि उनले खुलासा गरे।

परराष्ट्र मन्त्रालयले जारी गरेको उद्धार फारम भरेर इच्छुक नेपालीहरूले उद्धार प्रक्रिया सहज बनाउन सक्नेछन भनी दूतावासले आग्रह गरेको छ।

यता, इजरायलमा कार्यरत धेरै नेपालीहरूले रोजगारी र स्थायीत्वका कारण त्यहीँ बस्ने इच्छा व्यक्त गरिरहेका छन्। संघका महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई र प्रवक्ता फणिन्द्र पन्त लगायत केन्द्रीय नेतृत्वले नेपाली समुदायलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै सुरक्षित रहन आग्रह गरेका छन्।

सहज सम्पर्क र तत्काल सहायता प्रदान गर्न एनआरएनएको सचिवालयमार्फत बिहीबारदेखि इजरायलस्थित नेपालीका लागि विशेष हटलाइन सेवा सञ्चालनमा ल्याइने एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले जानकारी दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया