NIMB Header 2
Nepal Life

सुनकोशी नदीमा बाढीको सम्भावना: तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

National Life
  • BFIS News
  • 2025 Jun 21 11:03
सुनकोशी नदीमा बाढीको सम्भावना: तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
Sanima Reliance

काठमाडौं, असार ७ ।  सुनकोशी नदीमा बाढी आउने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

Shikhar
NIMB

चीनको तिब्बत क्षेत्रमा असार ७ गतेसम्म भारी वर्षा हुने प्रक्षेपणसहित बाढी आउन सक्ने जानकारी पाएपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका भएर बग्ने सुनकोशी नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

चीनको प्रहरी प्रशासनमार्फत बाढीसम्बन्धी सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पहिला सतर्कता सूचना जारी गरेको थियो। त्यसपछि खोटाङले पनि असार ६ गते आफ्ना तटीय बासिन्दाका लागि औपचारिक सूचना जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहद्वारा हस्ताक्षरित सूचनाबारे सबै सम्बन्धित स्थानीय तहहरूलाई जानकारी गराइएको प्रशासनले जनाएको छ।

गत वर्ष असोज १२ गते आएको बाढीले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारस्थित मोटरेबल पक्की पुल बगाएको थियो भने, दर्जनौँ स्थानीयवासी विस्थापित भएका थिए। त्यस घटनालाई ध्यानमा राख्दै प्रशासनले यस वर्ष पनि समयमै सावधानी अपनाउन आग्रह गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार