NIMB Header 2
Nepal Life

अमेरिकी संघीय न्यायाधीशको निर्णय: हार्भर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई होस्ट गर्न पाउने

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 21 11:45
अमेरिकी संघीय न्यायाधीशको निर्णय: हार्भर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई होस्ट गर्न पाउने
Everest Bank

न्युयोर्क, असार ७।  अमेरिकी संघीय न्यायाधीश एलिसन बरोघ्सले हार्भर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई होस्ट गर्न नपाउने ट्रम्प प्रशासनको प्रयासमा रोक लगाउने आदेश दिएकी छिन्।

Shikhar
NIMB

शुक्रबार स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, यस निर्णयसँगै हार्भर्डले विदेशी विद्यार्थीलाई अस्थायी रूपमा होस्ट गर्न पाउने भएको छ।

अमेरिकी गृह सुरक्षा विभागले गत मे २२ मा हार्भर्ड विश्वविद्यालयको Student and Exchange Visitor Program अन्तर्गतको प्रमाणपत्र खारेज गर्दै करिब ७,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अन्यत्र स्थानान्तरण हुन वा गैरकानुनी रूपमा अमेरिकामा बस्नुपर्ने अवस्था सिर्जना गरेको थियो।

यस निर्णयलाई हार्भर्डले अवैध र प्रतिशोधात्मक भन्दै अदालतमा मुद्दा हालेको थियो। विश्वविद्यालयले क्याम्पसमा भएका विरोध प्रदर्शन, भर्ना नीति, कर्मचारी नियुक्ति लगायतका विषयमा ट्रम्प प्रशासनको दबाब अस्वीकार गरेपछि यस्तो कदम चालिएको आरोप लगाएको छ। मुद्दा दायर भएको केही घण्टामै न्यायाधीश बरोघ्सले प्रशासनको निर्णयमा अस्थायी रोक लगाएकी थिइन्।

यसअघि पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जूनको प्रारम्भमा फरक कानुनी आधार देखाउँदै हार्भर्डका लागि भिसा प्राप्त गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अमेरिका प्रवेशमा रोक लगाएका थिए। सो निर्णयविरुद्ध पुनः हार्भर्डले कानुनी चुनौती दिँदा न्यायाधीश बरोघ्सले पुनः अस्थायी रोक लगाएकी थिइन्।

ट्रम्प प्रशासनले हार्भर्डमाथि उदारवादी प्रवृत्ति बढेको र यहूदीविरोधी गतिविधिहरूलाई सहेरो दिइएको आरोप लगाउँदै विश्वविद्यालयलाई लक्षित गर्दै कठोर कदम चालेको बताइएको छ। प्रशासनले हालसम्म हार्भर्डलाई दिइने २.६ अर्ब अमेरिकी डलरभन्दा बढीको अनुसन्धान अनुदान कटौती गरेको, संघीय सम्झौता रद्द गरेको र कर छुट सुविधा समेत हटाउने धम्की दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया