Nepal Life

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो कि परेर यसरी हेर्नुहोस नतिजा

National Life
  • BFIS News
  • 2023 Sep Tue 09:21
हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो कि परेर यसरी हेर्नुहोस नतिजा
RBB

काठमाडौं । मंगलबार हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको छ।

NIMB

कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेको बिक्री प्रबन्धकले बताएको छ। सोमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको छ भने ३ हजार २८२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेवसाइट बाट केही समयपश्चात हेर्न सकिनेछ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया