शेयर बजार अब सातामा छ दिनै खुल्ला हुने

  • BFIS News
  • 2022 Jun Sun 20:07
शेयर बजार अब सातामा छ दिनै खुल्ला हुने

काठमाडौं । आगामी हप्तादेखि शेयर बजार अब सातामा छ दिनै खुल्ने भएको छ । प्रत्येक दिन ११ देखि ३ बजेसम्म कारोबार हुने शेयर बजार शुक्रबार भने विहान ११ बजेदेखि १ः३० बजेसम्म मात्र खुल्ला हुनेछ ।

सरकारले गत जेठ १ गतेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतवारको विदा कटौती गरेसँगै अब ६ दिन नै शेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । तर सार्वजनिक विदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार