NIMB Header 2
Nepal Life

गभर्नर डा. पौडेलको सम्पत्ति विवरण सार्वजनिक : १४ करोडको सेयर, ४५ तोला सुन, करोडौंको सम्पत्ति

National Life
  • BFIS News
  • 2025 Jun 25 15:52
गभर्नर डा. पौडेलको सम्पत्ति विवरण सार्वजनिक : १४ करोडको सेयर, ४५ तोला सुन, करोडौंको सम्पत्ति
Sanima Reliance

काठमाडौं, असार ११।   नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

Shikhar
NIMB

सार्वजनिक पदमा नियुक्त भएपछि प्रचलित कानुनअनुसार उनले आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

डा. पौडेलले सार्वजनिक गरेको विवरण अनुसार उनले विभिन्न कम्पनीहरूमा करिब १४ करोड ५ लाख ६७ हजार रुपैयाँबराबरको सेयरमा लगानी गरेका छन्। सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जी लगायतका कम्पनीहरूमा उनी प्रवद्र्धकको रूपमा संलग्न छन्।

सुन, हिरा र बैङ्क बचत

सम्पत्ति विवरणमा डा. पौडेलले ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरको हिरा रहेको उल्लेख गरेका छन्। उनले आफ्ना र आफ्नी श्रीमती प्रतिभा शर्माको नाममा गरी विभिन्न बैंक खातामा कुल २० लाख रुपैयाँभन्दा बढी रकम रहेको उल्लेख गरेका छन्। साथै, सानिमा बैंकमा रहेको डलर खातामा साढे ५ हजार अमेरिकी डलरसमेत रहेको जानकारी दिएका छन्।

करोडौं मूल्यको जग्गा

डा. पौडेलले ललितपुरमा रहेको जग्गाको मूल्य १ करोड ५५ लाख रुपैयाँ र नवलपरासीस्थित जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको बताएका छन्। त्यसैगरी, श्रीमती शर्माको नाममा रहेको सुजुकी ब्रान्डको कारको मूल्य ४४ लाख रुपैयाँ रहेकोसमेत सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

गभर्नर पौडेलको सम्पत्ति विवरणले वित्तीय पारदर्शिता र जवाफदेहिताको दृष्टिकोणबाट महत्वपूर्ण सन्देश दिएको विश्लेषण गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया