NIMB Header 2
Nepal Life

एसइइको नतिजा सार्वजनिक हुँदै, स्प्यारो एसएमएसमार्फत सजिलै मोबाइलमै हेर्न सकिने

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 27 08:36
एसइइको नतिजा सार्वजनिक हुँदै, स्प्यारो एसएमएसमार्फत सजिलै मोबाइलमै हेर्न सकिने
Everest Bank

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आज २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। यसै सन्दर्भमा, स्प्यारो एसएमएसले पुनः एकपटक राष्ट्रिय परीक्षा बोर्ड (NEB) सँगको साझेदारीमा विद्यार्थीहरूलाई नतिजा सजिलै मोबाइलमै प्राप्त गर्ने सुविधा प्रदान गर्न लागेको छ।

Shikhar
NIMB

यस प्रविधिमार्फत अब नतिजा हेर्ने दिनमा इन्टरनेट सुस्त हुनु, वेबसाइट नखुल्नुजस्ता समस्याबाट विद्यार्थीहरू मुक्त हुनेछन्। स्प्यारोका अनुसार, विगतमा अत्यधिक चापका कारण वेबसाइटहरू नखुल्ने समस्या प्रमुख चुनौतीको रूपमा देखा परेको थियो। तर अब सो समस्याको समाधान SMS सेवा मार्फत सहजै हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक नतिजा साझेदारको रूपमा, स्प्यारोले देशको जुनसुकै स्थानमा रहेका विद्यार्थीहरूले मोबाइल फोनमार्फत छिटो र भरपर्दो तरिकाले नतिजा प्राप्त गर्न सकून् भन्ने सुनिश्चित गरेको छ। यसका लागि स्मार्टफोन हुनैपर्ने छैन—साधारण मोबाइल फोन भए पनि पुग्छ।

नतिजा SMS बाट प्राप्त गर्ने तरिका:

१. मोबाइलको म्यासेज बक्स खोल्नुहोस्।

२. SEE टाइप गर्नुहोस्, त्यसपछि एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेख्नुहोस्। (उदाहरण: SEE 12345678A)

३. त्यस म्यासेजलाई 35001 मा पठाउनुहोस्।

त्यसपछि, तपाईंको नतिजा तुरुन्तै SMS मार्फत मोबाइलमा प्राप्त हुनेछ। यो सेवा सहज, छिटो र अत्यन्त भरपर्दो छ। स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले भने, “नतिजाको दिन विद्यार्थी र उनीहरूका परिवारका लागि अत्यन्त महत्त्वपूर्ण समय हो। यस्ता बेला वेबसाइट नखुलेर थप तनाव हुनु हुँदैन। हाम्रो उद्देश्य भनेको सबै विद्यार्थीहरूले छिटो, सरल र विश्वसनीय तरिकाले आफ्नो नतिजा प्राप्त गर्न सकून् भन्ने हो। हामी यस अभियानको हिस्सा बन्न पाउँदा गर्व गर्छौँ।”

स्प्यारो एसएमएसको परिचय:

स्प्यारो एसएमएस नेपालकै अग्रणी SMS सेवा प्रदायक कम्पनी हो। यसले विद्यालय, बैंक, अस्पतालदेखि सरकारी कार्यालयहरूसम्म महत्त्वपूर्ण सूचनाहरू भरपर्दो रूपमा सम्प्रेषण गर्ने काम गर्दै आएको छ। यसको लक्ष्य नेपालमा सञ्चार प्रणालीलाई सबैका लागि सरल, प्रभावकारी र भरपर्दो बनाउनु हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया