NIMB Header 2
Nepal Life

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमा सन्तोष कुमार भण्डारी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

National Life
  • BFIS News
  • 2025 Jun 29 14:33
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमा सन्तोष कुमार भण्डारी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
Sanima Reliance

काठमाडौं, असार १५ गते। नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले सन्तोष कुमार भण्डारीलाई नयाँ प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) मा नियुक्त गरेको छ। भण्डारीको कार्यभार आज (असार १३) अर्थात् जुन २७ देखि लागु भएको हो।

Shikhar
NIMB

नेपाल एसबीआई बैंकमा १६ वर्षभन्दा बढीको बैंकिङ अनुभव संगालिसकेका भण्डारीले वित्त तथा योजना विभागको प्रमुख लगायतका जिम्मेवारी सम्हालेका थिए। नेतृत्व क्षमता र रणनीतिक सोचका लागि परिचित भण्डारीलाई कम्पनीले आफ्नो सेवा विस्तार र दीर्घकालीन वृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल एसबीआई बैंकको सहायक कम्पनीको रूपमा रहेको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लगानी व्यवस्थापन, धितोपत्र ग्यारेन्टी, तथा अन्य मर्चेन्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ। भण्डारीको नियुक्तिलाई कम्पनीले संचालन दक्षता अभिवृद्धि र पुँजी बजारको विकासमा योगदान पुर्‍याउने रणनीतिक कदमको रूपमा हेरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया