NIMB Header 2
Nepal Life

जोहान्स जुट दक्षिण एसियाका लागि विश्व बैंकका नयाँ उपाध्यक्ष नियुक्त

National Life
  • BFIS News
  • 2025 Jun 30 11:26
जोहान्स जुट दक्षिण एसियाका लागि विश्व बैंकका नयाँ उपाध्यक्ष नियुक्त
Sanima Reliance

काठमाडौं। विश्व बैंकले जोहान्स जुटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त गरेको छ। उनले मार्टिन रायसरको स्थान लिनेछन्। जुटको नियुक्ति सन् २०२५ जुलाई १ देखि प्रभावकारी हुनेछ।

Shikhar
NIMB

दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षको रूपमा, श्री जुटले बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलङ्कासँग विश्व बैंकको सम्बन्ध व्यवस्थापन गर्नेछन्। साथै उनले करिब ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहायता र वित्तीय स्रोतहरूको निगरानी गर्ने जिम्मेवारी पाउनेछन्।

श्री जुटको नेतृत्वमा विश्व बैंकले रोजगारी सिर्जना, जलवायु तथा प्रकोप प्रतिरोधात्मक क्षमता विकास, मानव पूँजी विकास तथा निजी पूँजी परिचालनजस्ता क्षेत्रहरूमा दक्षिण एसियालाई निरन्तर समर्थन गर्नेछ।

नेदरल्यान्डका नागरिक श्री जुट सन् १९९९ देखि विश्व बैंकमा आबद्ध छन् र उनी विभिन्न जिम्मेवारीमा कार्य गरिसकेका छन्। हालसालै उनी ब्राजिलका लागि विश्व बैंकका देश निर्देशक थिए। त्यसअघि उनले रणनीति, परिणाम, जोखिम तथा अध्ययन विभागको निर्देशकको रूपमा कार्य गरेका थिए। साथै, उनले बङ्गलादेश, भुटान र नेपालका साथै टर्की, कोमोरोस, एरिट्रिया, केन्या, रुवाण्डा, सेशेल्स र सोमालियाका लागि पनि देश निर्देशकको रूपमा सेवा पुर्‍याइसकेका छन्।

“म दस वर्षपछि पुनः दक्षिण एसियामा फर्किंदा यहाँको सशक्त विकास प्रगतिलाई देखेर अत्यन्तै उत्साहित छु,” श्री जुटले भने, “यस अवसरमार्फत पुनः यो क्षेत्रका जनताको आत्मीयता र समृद्ध सांस्कृतिक विविधताको अनुभव गर्न पाउने आशामा छु।”

श्री जुटले टोरन्टो विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक तथा स्नातकोत्तर, हार्वर्ड विश्वविद्यालयबाट कानुन डिग्री तथा अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि प्राप्त गरेका छन्।

उनी भारतको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा कार्यरत रहनेछन्, जुन विश्व बैंकको सेवाप्रदर्शन सुदृढ गर्न तथा ग्राहकसँगको समिपता बढाउन बनाइएको नयाँ क्षेत्रीय केन्द्र हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया