NIMB Header 2
Nepal Life

आर्थिक सूचकहरूमा सकारात्मक संकेत : राजस्व, निर्यात, वैदेशिक सहायता र विप्रेषणमा वृद्धि, ब्याजदर घटेपनि निष्कृय कर्जा बढ्दै

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 02 12:14
आर्थिक सूचकहरूमा सकारात्मक संकेत : राजस्व, निर्यात, वैदेशिक सहायता र विप्रेषणमा वृद्धि, ब्याजदर घटेपनि निष्कृय कर्जा बढ्दै
Everest Bank

काठमाडौं, २०७५ असार १८ — चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म सार्वजनिक वित्तका सूचकहरू सकारात्मक देखिएका छन्। संघीय सरकारको राजस्व परिचालन र कुल खर्च दुवैमा वृद्धि भएको छ भने सार्वजनिक ऋण गत असार मसान्तको तुलनामा ९.६ प्रतिशतले वृद्धि भएको छ।

Shikhar
NIMB

राजस्व परिचालनमा ११.१ प्रतिशत वृद्धि

राजस्व परिचालन ११.१ प्रतिशतले बढेर ७ खर्ब ३१ अर्ब ९५ करोड ९६ लाख पुगेको छ। मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तःशुल्क सङ्कलनमा वृद्धि भएका कारण प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने कर राजस्व १२.१ प्रतिशतले बढेको हो।

करको दायरा विस्तार हुँदै

चैतसम्म ५ लाख ७३ हजार ६८२ नयाँ स्थायी लेखा नम्बर (PAN) थपिएकाले कुल करदाता संख्या ६७ लाख ९९ हजार ८१५ पुगेको छ। दर्ता भएका PAN हरूमध्ये ६९.५ प्रतिशत व्यक्तिगत, २९.९ प्रतिशत व्यावसायिक र ०.५ प्रतिशत कर कटौती गर्ने संस्थाहरूका छन्।

सार्वजनिक ऋणमा वृद्धि

संघीय सरकारले चैतसम्ममा कुल रु. २६ खर्ब ६७ अर्ब २७ करोड सार्वजनिक ऋण लिएको छ, जसमा ४८.८ प्रतिशत आन्तरिक र ५१.२ प्रतिशत बाह्य ऋण छ। चैतसम्ममा रु. ३ खर्ब ६६ अर्ब १० करोड नयाँ ऋण संकलन भएको छ भने रु. २ खर्ब ३ अर्ब ३ करोड सावाँ र रु. ४९ अर्ब ४६ करोड व्याज भुक्तानी गरिएको छ।

मुद्रास्फीति घट्दै

वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा झरेको छ। खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति घटेपछि समग्र मुद्रास्फीति दबाब घटेको देखिएको छ।

विदेश व्यापारमा सुधार

चैतसम्म वस्तु आयात १२.२ प्रतिशत र निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ। यद्यपि व्यापार घाटा ६.४ प्रतिशतले बढेको छ।

वैदेशिक रोजगार र विप्रेषणमा वृद्धिदर सकारात्मक

वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिक र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ। विप्रेषण आप्रवाह १०.० प्रतिशतले बढेको छ।

पर्यटन क्षेत्रबाट आम्दानीमा वृद्धि

पर्यटक आगमनमा सिमान्त कमी आए पनि पर्यटन क्षेत्रबाट प्राप्त हुने आम्दानी ९.५ प्रतिशतले वृद्धि भएको छ।

वैदेशिक सहायता र चालु खाता

वैदेशिक सहायता प्रतिवद्धता ११७.३ प्रतिशतले वृद्धि भएको छ। चालु खाता र शोधनान्तर दुवै बचतमा रहेका छन्, जसले विदेशी मुद्रा सञ्चिति बढाएको छ।

बैंकिङ क्षेत्रको अवस्था

चैतसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.५ प्रतिशतले बढेर रु. ३ खर्ब ६८ अर्ब पुगेको छ। निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले वृद्धि भएको छ। हाल १०७ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्, जुन अघिल्लो वर्षको तुलनामा ३ ले कम हो। शाखा संख्या पनि केही घटेको छ।

ब्याजदर घट्दै, निष्कृय कर्जा बढ्दै

निक्षेपको ब्याजदर ६.५३ प्रतिशतबाट घटेर ४.४५ प्रतिशतमा झरेको छ भने कर्जाको ब्याजदर १०.५५ बाट घटेर ८.२२ प्रतिशतमा आएको छ। यद्यपि निष्कृय कर्जाको अनुपात ४.५४ प्रतिशतबाट बढेर ५.३ प्रतिशतमा पुगेको छ।

समग्रमा, चालु आर्थिक वर्षको हालसम्मको अवस्था हेर्दा नेपालको आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् भने सार्वजनिक वित्त, राजस्व, वैदेशिक सहायता, विप्रेषण र बैंकिङ क्षेत्रमा सुधारको संकेत देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया