NIMB Header 2
Nepal Life

पेन्सन र उपदानको सट्टा अब योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

National Life
  • BFIS News
  • 2025 Jul 04 15:42
पेन्सन र उपदानको सट्टा अब योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
Sanima Reliance

काठमाडौं, असार २०। नेपाल सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूका लागि पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ।

Shikhar
NIMB

अर्थ मन्त्रालयले यस अगाडीकै निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालयहरू, नियामक निकायहरू (नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड), सार्वजनिक संस्थानहरू, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र जारी गरेको छ।

नेपाल सरकारले यसअघि नै "योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४" र "निवृत्तभरण कोष ऐन, २०७५" मार्फत सरकारी सेवामा सामाजिक सुरक्षा प्रणालीको कार्यान्वयन गरिसकेको छ। यद्यपि, केही निकायहरूमा अझै पनि पेन्सन र उपदानजस्ता पुराना सुविधा प्रणाली कायम रहेकाले राज्यकोषमा दीर्घकालीन दायित्व सिर्जना भइ रहेको सरकारको ठहर छ।

यसलाई नियन्त्रण गर्न अर्थ मन्त्रालयले सबै सम्बन्धित निकायहरूलाई देहायका निर्देशनहरू दिएको छः

आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउने।

आगामी नियुक्तिमा पेन्सन तथा उपदान सुविधा नदिई केवल योगदानमा आधारित प्रणाली लागू गर्ने।

योगदानमा आधारित प्रणाली नअपनाएकाले उत्पन्न हुने दीर्घकालीन दायित्व नेपाल सरकारले नबेहोर्ने स्पष्ट जानकारी गराउने।

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको अध्यक्षतामा २०८२ साल असार २० गते सम्पन्न निर्णयअनुसार यो व्यवस्था लागु हुने भएकाले सबै मन्त्रालय र निकायहरूलाई चाँडो कार्यान्वयनका लागि आह्वान गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया