NIMB Header 2
Nepal Life

हिमालयन लाइफका शेयरधनीले कर प्रयोजनको रकम जम्मा गर्नु नपर्ने, नगदबाटै कटाएर खातामा हालिदिने

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 06 05:19
हिमालयन लाइफका शेयरधनीले कर प्रयोजनको रकम जम्मा गर्नु नपर्ने, नगदबाटै कटाएर खातामा हालिदिने
National Life

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले बोनस शेयरमा लाग्ने कर प्रयोजन बापतको रकम जम्मा गर्न नपर्ने भएको छ। कम्पनीले यस अगाडीका जति पनि कर प्रयोजनका दायित्वहरु छन् ति सबै रकम गत आर्थिक वर्षको नगद लाभांशबाट कट्टा गरिदिने भएको छ।  

NIMB

कम्पनीले साविम गुराँस लाइफ, प्राइम लाइफका शेयरधनीहरुले पनि कर प्रयोजन बापतको रकम तिरेका छैनन् भने कम्पनीले कट्टा गरेर पठाउने भएको छ। हिमालयन लाइफले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो तर उक्त बोनस शेयरको कर प्रयोजनको रकम भने शेयरधनी आफैले तिर्नु पर्ने भनिएको थियो। यस क्रममा धेरै शेयरधनीले नगद पठाउने झणझटका कारण जम्मा गरिदिएका थिएनन्।

शेयरधनीले कम्पनीको साधारणसभामा यस्तो रकम शेयरधनीलाई जम्मा गर्न लगाएर झण्झटको काम नगराउन अनुरोध गरेका थिए। शेयरधनीकै सुझाव अनुसार कम्पनीले गत आर्थिक वर्षमा वितरण गरेको ८ प्रतिशत नगद लाभांशबाट अहिलेसम्म जति पनि शेयरधनी छन् जसले कर प्रयोजनको रकम नबुझाएर शेयर रिजिज हुन सकेको थिएन अव सबैको पैसा कटाएर शेयर रिजिट गरिदिने निर्णय गरेको हो। कम्पनीले पुराना फाइल हेर्दै कर प्रयोजनको रकम कटाउदै शेयर रिजिज गर्ने काम गरिरहेको छ। अझै पनि कयौ शेयरधनीको खातामा शेयर जान बाँकी छ। 

कम्पनीले पहिला संस्थापक तथा संस्थागत शेयरधनीको शेयर रिलिज गर्ने अनि त्यस पछि बाँकी शेयरधनीको क्रमश पठाउदै जाने छ। हिमालयन लाइफ साविक तीन वटा कम्पनी मर्जर भएर सबैभन्दा ठुलो चुक्ता पूँजी ९ अर्ब १४ करोड भएको कम्पनी बनेको छ। जीवन बीमा क्षेत्रमा राम्रो बजार हिस्सा ओगट्दै आएको यसको जीवन बीमा कोषमा मात्र ७४ अर्ब ५२ करोड रहेको छ। 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया