NIMB Header 2
Nepal Life

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

National Life
  • BFIS News
  • 2025 Jul 07 11:23
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै
Sanima Reliance

काठमाडौं, असार २३।  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) अपराह्न १ः०० बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ।

Shikhar
NIMB

आजको बैठकको कार्यसूचीमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ तथा ‘भन्सार विधेयक, २०८०’ सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने छन्। साथै, ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गरिने कार्यसूची रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने तयारी छ। त्यस्तै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन समेत पेस गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया