NIMB Header 2
Nepal Life

अपर स्याँगे हाइड्रोपावरको सेयर रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटलले प्रदान गर्ने

National Life
  • BFIS News
  • 2025 Jul 07 13:34
अपर स्याँगे हाइड्रोपावरको सेयर रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटलले प्रदान गर्ने
Sanima Reliance

काठमाडौं।  माछापुच्छ्रे क्यापिटल लिमिटेड र अपर स्याँगे हाइड्रोपावर लिमिटेडबीच सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौता भएको छ।

Shikhar
NIMB

२०७८ साल असार २२ गते (२०२५ जुलाई ६) मा सम्पन्न उक्त सम्झौता अनुसार अब माछापुच्छ्रे क्यापिटलले अपर स्याँगे हाइड्रोपावरको सम्पूर्ण सेयर रजिष्ट्रार सेवा प्रदान गर्नेछ।

सम्झौता अनुसार माछापुच्छ्रे क्यापिटलले धितोपत्र कारोबार व्यवस्थापन, सेयर स्थानान्तरण, धितो राख्ने प्रक्रिया तथा सेयरधनी विवरण अद्यावधिक गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ।

माछापुच्छ्रे बैंकको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको माछापुच्छ्रे क्यापिटल एक अग्रणी मर्चेन्ट बैंकिङ संस्था हो। कम्पनीले पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फन्ड, अन्डरराइटिङ तथा परामर्श सेवा लगायतका वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ।

अपर स्याँगे हाइड्रोपावर लिमिटेडले लमजुङको अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेको २.४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले हालै सम्पन्न आईपीओ निष्काशनबाट ५ करोड ३९ लाख रुपैयाँ संकलन गरेको थियो, जुन अत्यधिक आवेदन प्राप्त भएको थियो। हाल कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया