NIMB Header 2
Nepal Life

सिटिजन्स क्यापिटलको "सिटिजन्स सदाबहार योजना" को इकाई बिक्री खुल्ला, SIP समेत गर्न सकिने सुविधा

National Life
  • BFIS News
  • 2025 Jul 08 11:20
सिटिजन्स क्यापिटलको "सिटिजन्स सदाबहार योजना" को इकाई बिक्री खुल्ला, SIP समेत गर्न सकिने सुविधा
Sanima Reliance

काठमाडौं, १३ असार गते। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको नयाँ खुलामुखी म्युचुअल फण्ड योजना "सिटिजन्स सदाबहार योजना" संचालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ।

Shikhar
NIMB

यो योजना २०८२ सालको आषाढ १३ गतेदेखि आषाढ २७ गते (शुक्रबार) बैंकिङ समयसम्मका लागि प्राथमिक निष्काशन (IPO) मार्फत इकाई बिक्री खुल्ला गरिएको छ। लगानीकर्ताहरूले यस अवधिमा मात्र आवेदन दिन सक्नेछन्।

SIP (Systematic Investment Plan) गर्ने सुविधा

यो योजना नेपालमा पहिलोपटक SIP सहितको खुलामुखी योजना भएको उल्लेखनीय पक्ष हो। लगानीकर्ताहरूले SIP माध्यमबाट नियमित रुपमा सानो रकम लगानी गर्दै दीर्घकालीन फाइदा लिन सक्नेछन्।

इकाई खरिद कसरी गर्ने?

लगानीकर्ताहरूले मेरो सेयर पोर्टल, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा तिनका तोकिएको शाखाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

लगानी सीमा

न्यूनतम इकाई: १०० (रु. १,०००)

अधिकतम इकाई: ५,००,००० (रु. ५ करोड) । प्रति इकाई मूल्य रु. १० कायम गरिएको छ।

औसत वार्षिक प्रतिफल

सिटिजन्स क्यापिटलका अनुसार योजनाबाट औषत वार्षिक प्रतिफल १५.१०% हुने अनुमान गरिएको छ।

कम्पनीको परिचय

सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी हो, जसमा श्री कर्मचारी संचय कोष र प्रतिष्ठित उद्योगी व्यवसायीहरू को सह-लगानी रहेको छ। कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

कम्पनीको रजिष्ट्रर कार्यालय काठमाडौंको डिल्लिबजार, बाटुलेघरमा अवस्थित छ। संस्थाका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र सबिर बादे श्रेष्ठ हुन्।

सेवा विस्तार

काठमाडौं बाहिरका लगानीकर्ताहरूका लागि सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरूबाट पोर्टफोलियो व्यवस्थापन सेवा समेत प्रदान गरिनेछ, जसबाट देशभरका इच्छुक लगानीकर्ताहरूले सहज पहुँचमार्फत योजना खरिद गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया