Nepal Life

विप्रेषण आप्रवाहमा १५.५ प्रतिशत वृद्धि, ११ महिनामा १५३२ अर्ब नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 Jul 08 12:19
विप्रेषण आप्रवाहमा १५.५ प्रतिशत वृद्धि, ११ महिनामा १५३२ अर्ब नाघ्यो
National Life

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई कुल रकम १५३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार २०८२ साल जेठ महिनामा मात्र १७६ अर्ब ३२ करोड रुपैयाँको विप्रेषण नेपाल भित्रिएको छ। यो अघिल्लो वर्षको जेठ महिनाको १२८ अर्ब ९१ करोड रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो।

यस्तै, समीक्षावधिमा अमेरिकी डलरको हिसाबमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।

साथै, समीक्षावधिमा कुल खुद द्वितीय आय (खुद ट्रान्सफर आय) १६६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४४३ अर्ब १० करोड रुपैयाँभन्दा १५.۶ प्रतिशतले बढी हो।

यसैबीच, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत गरी) लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३२४ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्ता संख्याहरू क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० थिए।

विप्रेषण वृद्धिले देशको विदेशी मुद्राको सञ्चिति तथा आयात-निर्यात सन्तुलनमा सघाउ पुगेको विश्लेषण गरिन्छ। तथापि, दीर्घकालीन आर्थिक विकासका लागि वैदेशिक रोजगारीमा भर परिरहनु चुनौतीको विषय बन्दै गएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया