NIMB Header 2
Nepal Life

बाढीपहिरोले देशका १० प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध

National Life
  • BFIS News
  • 2025 Jul 09 11:24
बाढीपहिरोले देशका १० प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Sanima Reliance

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका १० वटा प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

Shikhar
NIMB

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, म्याग्दीको दरवाङ सडक, नवलपरासीको पूर्व–पश्चिम राजमार्ग, डोल्पाको भेरी करिडोर, रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङको जयपृथ्वी राजमार्ग पूर्णरूपमा बन्द भएका हुन्।

त्यस्तै, बनेपा–नाला–भक्तपुर सडकखण्ड, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीको सोही खण्ड र रोल्पाको सहिद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

प्रहरीका अनुसार पहिरो पन्छाउने र सडक खुलाउने कार्य तीव्र रूपमा भइरहेको छ भने यात्रुहरूलाई सुरक्षित रहन र आवश्यक परेको अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया