Nepal Life

अमेरिकी भन्सार नीतिले विश्वव्यापी अनिश्चितता बढाउने संयुक्त राष्ट्रसंघको चेतावनी

NMB Bank
  • BFIS News
  • 2025 Jul 09 11:35
अमेरिकी भन्सार नीतिले विश्वव्यापी अनिश्चितता बढाउने संयुक्त राष्ट्रसंघको चेतावनी
National Life

काठमाडौं । अमेरिकी सरकारले जुलाई ९ देखि अगस्ट १ सम्मका लागि पारस्परिक भन्सार विराम (Reciprocal Tariff Waiver) लम्ब्याउने निर्णयले विश्वव्यापी व्यापारमा अनिश्चितता थपिने चेतावनी संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अर्थशास्त्रीले दिएका छन्।

Shikhar
NIMB

अन्तर्राष्ट्रिय व्यापार केन्द्र (ITC) की कार्यकारी निर्देशक पामेला कोक–ह्यामिल्टनले मंगलवार एक पत्रकार सम्मेलनमा सो निर्णयले दीर्घकालीन लगानी र व्यापार सम्झौतामा नकारात्मक असर पारिरहेको बताइन्। उनले भनिन्, “यो कदमले अनिश्चितताको अवधि लम्ब्याउने मात्र होइन, विशेष गरी न्यून विकसित राष्ट्रहरूलाई गहिरो असर पार्नेछ।”

उनका अनुसार लामो समयसम्मको व्यापार अनिश्चितताले सबैभन्दा कम विकसित राष्ट्रहरू (LDCs) बढी प्रभावित भइरहेका छन्। तीमध्ये लेसोथो, लाओस, मेडागास्कर र म्यानमारजस्ता देशहरू ४० देखि ५० प्रतिशतसम्मको उच्च पारस्परिक भन्सार दरको सामना गरिरहेका छन्।

कोक–ह्यामिल्टनले यस्ता नीतिगत अनिश्चितताले वैश्विक आपूर्ति श्रृंखला कमजोर पार्ने, लगानीकर्तालाई हिच्किचाउने बनाउने र अन्तर्राष्ट्रिय व्यापारको स्थायित्वमा चुनौती उत्पन्न गर्ने स्पष्ट पारिन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया