NIMB Header 2
Nepal Life

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

National Life
  • BFIS News
  • 2025 Jul 09 22:09
नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन
Sanima Reliance

काठमाडौं, असार २५ – नेपाल उद्योग परिसंघ (CNI) को २२औं वार्षिक साधारण सभाले वीरेन्द्रराज पाण्डेलाई नयाँ अध्यक्ष चयन गरेको छ। परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष पदमा रहेका पाण्डे स्वचालित रूपमा अध्यक्ष बनेका हुन्।

Shikhar
NIMB

पाण्डे विगत एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यको रूपमा सक्रिय रहँदै विभिन्न समितिहरूमा योगदान दिँदै आएका थिए। उनी २०७५ सालदेखि परिसंघको उपाध्यक्षको भूमिकामा कार्यरत थिए। सिभिल इन्जिनियरिङ, आवास तथा शहरी विकास, सडक तथा पुल निर्माण, जलस्रोत व्यवस्थापन तथा संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक समेत हुन्।

साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा निम्न व्यवसायीहरू निर्वाचित भएका छन्:

गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता।

त्यसैगरी:

सञ्जीव न्यौपाने, हेम राज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, बसन्त बहादुर चन्द, चन्द्र टण्डन पनि निर्वाचित भएका छन्।

प्रदेश प्रतिनिधित्वका रूपमा:

 कोशी: भीम घिमिरे, मधेश: प्रमोद साह, बागमती: लेखराज पोखरेल, गण्डकी: विनोद न्यौपाने, लुम्बिनी: एजाज आलम, कर्णाली: छत्र शाही, सुदूरपश्चिम: रमणचन्द्र श्रेष्ठ

औद्योगिक संघ प्रतिनिधिहरू पदेन परिषद् सदस्यमा:

 मकवानपुर: बद्रीनाथ शर्मा, चितवन: मदन घिमिरे, नवलपुर: केबी राना, रुपन्देही: दिलिप सापकोटा, पोखरा औद्योगिक क्षेत्र: रुद्र श्रेष्ठ,

उपाध्यक्षहरूमा सर्वसम्मत चयन:

वरिष्ठ उपाध्यक्ष: निर्वाण चौधरी, अन्य उपाध्यक्षहरू: राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, गोकुल भण्डारी, स्थायी आमन्त्रित सदस्यहरू: सन्दिप शारडा, विदुषी राणा, प्राची अग्रवाल

साधारण सभाले परिसंघको नेतृत्वलाई सशक्त बनाउने अपेक्षाका साथ नयाँ टोलीलाई जिम्मेवारी सुम्पिएको छ। नव-निर्वाचित अध्यक्ष पाण्डेले औद्योगिक विकासमा परिसंघको योगदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया